Recent Posts

    गृहपृष्ठराजनीतिरविले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्ः मुकुल ढकाल

    रविले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्ः मुकुल ढकाल


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताएका छन् ।

    रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यसहितका पदबाट कारबाही गरेपछि बुधबार पत्रकार सम्मेलन गरेका ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताएका छन् । उनले भने, ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन् ।’

    उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने काम भएको भन्दै केन्द्रीय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाउने बताए ।

    उनले पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।


    ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    धेरै पढिएका खबर

    Share.

    Leave A Reply