Recent Posts

    शेयर बजार २३ अङ्कभन्दा धेरैले बढ्याे


    काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो १५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ ।

    आज विकास बैंक बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै अरू ३ वटा कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज ३ सय २२ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ५ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको १५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।


    ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    धेरै पढिएका खबर

    Share.

    Leave A Reply